Luke 16:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि तिम्रो र हाम्रो बीचमा ठूलो खाडल छ। त्यसो हुँदा चाहेर पनि कोही वारिपारि आउने-जाने गर्न सक्दैन।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्नेहरू जान नसकून् र त्यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक यहाँबाट तिमीकहाँ जान चाहनेहरू जान नसकून् र त्यहाँबाट पनि कोही पार गरेर यहाँ आउन नसकून् भनेर हामी र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो राखिएको छ।’
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्तैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन।
Nepali Tamang 2011
एदेन छ्याम ङन्ना गुङरी घ्रेन व्हाङ मुला। थेतबासेलमा क्याम्सङ झासम लबा सेम मुसैनोन क्याम्सङ झासम लबारी आखम्मुला’ भिसी भिजी।