Luke 16:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा नाइकेले मनमनै सोच्‍यो, ‘मेरो मालिकले मलाई नोकरीबाट निकाल्‍ने भए। अब म के गरूँ? खनजोत गरेर खाऊँ भने खन्‍ने बल नै छैन, भिक्षा मागूँ भने मलाई लाज लाग्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब व्‍यवस्‍थापकले आफ्‍नो मनमनै भन्‍यो, ‘अब म के गरूँ, किनकि मेरा मालिकले मबाट व्‍यवस्‍थापकको काम खोस्‍न लागेका छन्‌। खनजोत गर्ने मेरो ताकत छैन, भीख माग्‍न मलाई लाज लाग्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यो प्रबन्धकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ? मेरा मालिकले मेरो काम खोस्‍न लागेका छन्। खनजोत गर्ने मेरो बल छैनँ; अनि भीख माग्न मलाई लाज लाग्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो भण्डारेले आफैं सोच्न लाग्यो, मैले के गर्नु पर्ने हो? मेरो मालिकले मलाई कामबट निकाल्नेवाला छन्। खेतमा काम गर्ने मेरो शक्ति छैन। मलाई माग्नु पनि लाज लाग्छ।
Nepali Tamang 2011
थे नाइकेसे चुह्रङ् भिसी म्‍हन्‍जी, ‘दाहेन्‍से ङादा मालिकसे गेग्‍याम तेःबारी छ्‌याइबा मुला, ङा तिग लइ? ख्‍वबा मोइबा लइ भिसम भङ आरे, ह्रीसी चबारी ङादा पेःबा खमुला।