Luke 16:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यो कुरा थाहा पाएपछि त्‍यस मालिकले बेइमान नाइकेको चलाखीको तारिफ गरे किनभने यस संसारका मानिसहरू आफ्‍ना साथीहरूसँग गर्ने व्‍यवहारमा उज्‍यालोका सन्‍तानभन्दा धेरै चलाख हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब त्‍यसको मालिकले त्‍यस अधर्मी व्‍यवस्‍थापकको तारीफ गर्‍यो किनकि त्‍यसले चतुर्‍याइँसित काम गरेको थियो। किनकि यस संसारका मानिसहरू आफ्‍नै पुस्‍ताका अरू मानिसहरूसँग व्‍यवहार गर्दा ज्‍योतिका सन्‍तानभन्‍दा अझ बढ़ी चतुर हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसले चतुर्‍याइँपूर्वक काम गरेकोले त्यसका मालिकले त्यो बेइमान प्रबन्धकको तारिफ गरे। किनकि यस संसारका मानिसहरू आफूजस्तै अरू मानिसहरूसँग व्यवहार गर्ने काममा ज्योतिका मानिसहरूभन्दा बढी चतुर हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा करे किनभने उसले चलाकी साथ काम गरयो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्।
Nepali Tamang 2011
“मालिकसे थे बेइमान नाइकेसे चलाक गे लबा म्राङ्सी थेला हर्गबढाइ लजी। तिग्‍दा भिसम चु जम्‍बुलिङला म्‍हिगदे ह्राङला ह्रो स्‍होबारी परमेश्‍वरदा ङोसेबा म्‍हिगदे भन्‍दा ल्‍हानान चलाक तमुला।