Luke 17:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू पूजाहारीकहाँ गएर आफैंलाई जाँच गराओ।” तिनीहरू जाँदाजाँदै बाटैमा निको भइहाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई देखेर भन्‍नुभयो, “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।” तिनीहरू जाँदाजाँदै निको भइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई देखेर उहाँले भन्‍नुभयो, “जाओ, र आफैँलाई पुजारीकहाँ देखाओ।” अनि तिनीहरू जाँदा-जाँदै निको भए।
Nepali ERV (पवित्र बाइबल)
जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैलाई देखाऊ।” जब ती दशजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा “एनीगदे परमेश्‍वरला मन्‍दिररी पूजा लबा म्‍हि मुबा ग्‍लारी निसी ह्राङदा उन्‍गो” भिसी सुङ्जी। ओच्‍छे थेनीगदे निना निनान ग्‍यामरीन खम्‍जी।