Luke 17:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले यी सानाभन्दा सानाहरूलाई पापमा पार्छ, त्यसलाई त घिच्रोमा जाँतो झुण्ड्याइदिएर समुद्रमा फालिदिनु बेस हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन मानिसले यी सानाहरूमध्ये एउटालाई पाप गर्न लाउँछ त्यसको गलामा जाँतोको एउटा पाटा झुण्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु त्यसको निम्ति बेस हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउनुभन्दा बरु एउटा जाँतो त्यसको घाँटीमा बाँधेर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस जो दुर्वल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फ्याँकिनु असल हुनेछ।
Nepali Tamang 2011
जुन म्हिसे चु कोलागदेदा पाप लपुङ्ला थेह्रङ्बा म्हिदा पाप लपुङ्बा भन्दा खारेरी ह्रान्दा च्योसी समुन्द्ररी भ्याङ्बान ज्यबा तला।