Luke 17:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नोआ जहाजमा पसुञ्‍जेल पनि मानिसहरू भोज-भतेर खान र बिहेबारी गर्नमा व्‍यस्‍त थिए। त्‍यतिकैमा बाढी आएर सबैलाई नष्‍ट पार्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नोआ जहाजभित्र प्रवेश नहोउञ्‍जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्‍ट पार्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नोआ जहाजभित्र पसेको दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका थिए र गराइँदैथियो। त्यसै समयमा जलप्रलय आयो र तिनीहरू सबैलाई नष्‍ट पार्‍यो।
Nepali ERV (पवित्र बाइबल)
नूहको समयमा, जब सम्म नूह डुङ्गामा पसेनन् मानिसहरू खान्थे, पिउँथे, विवाह गर्दै थिए, अनि गाउँदैथिए। तब बाढी आयो अनि सबै नष्ट पारयो।
Nepali Tamang 2011
नोआ पानी जहाजरी वाङ्बा धिनकुनुधोना म्‍हिगदे चबा थुङ्बादेन ब्‍याह लबान मुबा। थेनोन धुइरी नामदेन भाल बाढी खसी जम्‍मान नाश लजी।