Luke 17:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यस बेला छतमा हुनेहरू चीजबीज लिन भित्र जाँदै नजाऊन्, त्‍यस्‍तै खेतमा हुनेहरू घर नफर्कून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन जो घरको कौसीमाथि छ, त्‍यसको मालसामान घरभित्र छ भने ती लिनलाई त्‍यो तल नझरोस्‌। त्‍यसरी नै खेतमा हुने पनि फर्केर नआओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन कोही घरको छानामाथि हुनेछ, र त्यसका मालसामान घरभित्र छन् भने ती थोकहरू लैजानलाई त्यो तल नओर्लोस्। त्यसै गरी खेतमा हुने कोही पनि केही लिन फर्केर नजाओस्।
Nepali ERV (पवित्र बाइबल)
“त्यसदिन, यदि कोही मानिस उसको घरको छानामा छ भने, अनि उसको समानहरू घरभित्र छ भने ऊ ती समानहरू लिन जानु पर्दैन। त्यसरी यदि कोही मानिस खेतमा छ भने त्यसले पनि घर र्फकिनु पर्दैन।
Nepali Tamang 2011
थे धुइरी तलाथोरी मुबा म्‍हिगदे ह्राङला सामान किन्‍बारी मार फाप्‍सी दिम न्‍हङरी थावाङ्‍गो, ओच्‍छे बुरी मुबागदेएनोन दिमरी दोःसी थानिउ।