Luke 17:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “तिमीहरूसँग रायोको एउटा दाना जत्रै विश्‍वास छ भने यस किम्‍बुको बोटलाई ‘उखेलिएर तँ समुद्रमा रोपिन जा’ भन्‍यौ भने त्‍यसले मान्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभुले भन्‍नुभयो, “तिमीहरूमा रायोको दाना जति पनि विश्‍वास भएदेखि तिमीहरूले यस किम्‍बुको रूखलाई, ‘तँ उखेलिएर समुद्रमा रोपिन जा’ भन्‍यौ भने, त्‍यसले मान्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो विश्‍वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘तँ जरैसित उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्‍न सक्छौ, र यसले तिम्रो आज्ञा मान्‍नेछ।
Nepali ERV (पवित्र बाइबल)
प्रभुले भन्नुभयो, “यदि तिमीमा रायोको गेडा जत्रो मात्र विश्वास छ भने, तिमीहरू त्यस कालो किम्बुको रूखलाई भन्न सक्छौ, तँ आफै उखेलिएर समूद्रमा रोपिन जा! अनि त्यो रुखले तिमीहरूको आज्ञा पालन गर्नेछ। विश्वासी नोकर हुने चेष्टा गर
Nepali Tamang 2011
प्रभुसे थेनीगदेदा “एनीगदेदेन छ्‌याम पच्‍छैला ब्‍लु गिक तेःबा जे विश्‍वास मुजी भिसम चु किम्‍बुला दोङदा ‘ए प्‍योक्‍सी समुन्‍द्ररी निउ’ भिजी भिसम थे एनीगदेसे भिबा ह्रङ्नोन तला।