Luke 17:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू कसैले आफ्‍नो नोकर खेतबाट काम गरेर वा भेडा चराएर घर फर्किंदा ‘छिटो आएर खान बस्’ भन्‍छौ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूमध्‍ये कसैको नोकर खेत जोतेर कि भेड़ा चराएर खेतबाट आयो भने, उसले त्‍यस नोकरलाई ‘तुरुन्‍त आएर खान बस्’ भन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मानौँ तिमीहरूमध्ये कसैको एउटा सेवक खेत जोत्न अथवा भेडा चराउन गएको छ। के उसले त्यो सेवकलाई खेतबाट त्यो फर्केर आएपछि ‘अब आइज, र खान बस्’ भन्छ र?
Nepali ERV (पवित्र बाइबल)
“मानिलेऊ तिमीहरूमध्ये कसैको एकजना नोकर छ जो खेत जोतिरहेको हुन्छ अथवा भेडा चराइरहेको छ। जब काम सिध्याएर भित्र आँउछ, त्यलाई तिमी के भन्छौ? आऊ अनि खाना खान बस?’
Nepali Tamang 2011
“एनीगदे न्‍हङरी खालैला नोकर बु मोइसी तसै ग्‍यु छसी तसै दिमरी खमा, एनीगदेसे थेदा ‘चबा थुङ्बा लउ’ भिसी खाइमै भिला? आभि।