Luke 18:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फरिसीले अलग्‍गै उभिएर यसरी प्रार्थना गर्‍यो, ‘हे पिता, म तपाईंलाई धन्‍यवाद चढाउँछु किनकि म अरू मानिसजस्‍तो लोभी र बेइमानी छैनँ। मैले व्‍यभिचार गरेको छैनँ। म यो कर उठाउने मानिसजस्‍तो छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्‍यवाद दिन्‍छु, म अरू मानिसहरूजस्‍तो धुताहा, अन्‍यायी, व्‍यभिचारी, अथवा यही कर उठाउनेजस्‍तो पनि छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फरिसी उभियो र आफ्नै विषयमा यसरी प्रार्थना गर्‍यो: ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि म अरू मानिसहरूजस्तो छली, दुष्‍ट, व्यभिचारी, अथवा यही कर उठाउने मान्छेजस्तो पनि म छैनँ।
Nepali ERV (पवित्र बाइबल)
फरिसी कर उठाउनेदेखि केही टाडा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसेल भन्यो, हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू र्गदिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन।
Nepali Tamang 2011
ओच्‍छे फरिसीसे चुह्रङ् भिसी प्रार्थना लजी, ‘परमेश्‍वर ह्राङदा धन्‍यवाद मुला, तिग्‍दा भिसम ङा स्‍य्‍हान्‍दो म्‍हिगदे ह्रङ्‌बा लोभी, बेइमानी, स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी भ्रबा म्‍हि ह्रङ्‌बा आहिन। ओच्‍छे चु तिरो दुइबा म्‍हि ह्रङ्बाएनोन आहिन।