Luke 18:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले आफ्‍नो हात राखेर आशिष् देऊन् भनेर मानिसहरूले आफ्‍ना साना बाल-बालिकाहरूलाई उहाँकहाँ ल्‍याए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्‍काए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले छोइदेऊन्‌ भनी मानिसहरूले शिशुहरूलाई उहाँकहाँ ल्‍याए। तर चेलाहरूले यो देखेर तिनीहरूलाई हप्‍काए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले आ-आफ्ना बालबालिकाहरूलाई पनि येशूले छोइदेऊन् भनी उहाँकहाँ ल्याइरहेका थिए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काए।
Nepali ERV (पवित्र बाइबल)
कोही मानिसहरूले आ-आफ्ना बालकहरू येशूकहाँ ल्याँउदै थिए ताकि येशूले तिनीहरूलाई छोएर आशिर्वाद दिनुभएको होस्। तर चेलाहरूले जब देखे, तिनीहरूले मानिसहरूलाई हकारे।
Nepali Tamang 2011
म्‍हिगदेसे ह्राङला कोलागदेदा येशूसे ह्राङला छ्‌या थान्‍सी मोलम पिन्‍गै भिसी येशू मुबा ग्‍लारी भजी। चु म्राङ्सी चेलागदेसे थेनीगदेदा बङ्जी।