Luke 19:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर ती मानिस राजा भएर नै फर्किए। आउनेबित्तिकै उनले नोकरहरूलाई व्यापार गरेर कति कमाए भनी सोध्न बोलाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब राज्य अधिकार पाई तिनी फर्केपछि आफूले पैसा दिएका नोकरहरूलाई आफूकहाँ बोलाउने हुकुम दिए, अनि व्यापारबाट तिनीहरूले कति नाफा गरे भन्ने तिनले जान्न चाहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिनी राजा भएर घर फर्के। त्यसपछि तिनले दिएका पैसाबाट सेवकहरूले कति फाइदा कमाए भनी पत्ता लगाउनका लागि तिनले आफ्ना सेवकहरूलाई आफूकहाँ बोलाए।
Nepali ERV (पवित्र बाइबल)
“तर त्यो मानिसलाई राजा बनाइयो। जब तिनी आफ्नो देश फर्के तिनले भने, ती नोकरहरूलाई बोलाऊ जससित मेरा पैसा छन्। म जान्न चाहन्छु तिनीहरूले ती पैसाबाट कतिसम्म कमाए।
Nepali Tamang 2011
“तर थे म्हि शासन लबा अधिकार किन्सी खजी। जमाहेन्से थेसे ह्राङला नोकरगदेदा व्यापार लसी गाते स्होजी भिसी ङ्योइबारी ङ्योइजी।