Luke 19:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले त्‍यसलाई भने, ‘ए बदमाश नोकर, तेरै मुखको बोलीले म तँलाई दोषी ठहराउँछु। म कठोर मानिस छु, आफूले लगानी नगरेको ठाउँबाट नाफा खोज्‍ने र आफूले नलगाएको बाली काटेर लिने भनेर तँलाई थाहै रहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनले त्‍यसलाई भने, ‘तेरै मुखको कुराबाट म तेरो इन्‍साफ गर्नेछु, ए दुष्‍ट नोकर! जे राखिनँ त्‍यो लिने, र जे छरिनँ त्‍यसको कटनी गर्ने म कठोर मानिस हुँ भनेर तैंले जानेकै थिइस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसका मालिकले जवाफ दिए, ‘ए दुष्‍ट सेवक, म तेरै मुखको वचनबाट तेरो न्याय गर्नेछु! मैले जे राखिनँ, त्यो लिने, र जे छरिनँ, त्यसैको कटनी गर्ने म एक कठोर मानिस हुँ भन्‍ने तँलाई थाहा थियो, होइन र?
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि राजाले त्यो नोकरलाई भने, तिमी खराब नोकर हौ! म तिमीलाई तिम्रै शब्दहरूबाट न्याय गर्छु। तिमीले भन्यौ म कठोर मानिस हुँ। तिमीले यसो पनि भन्यौ कि मैले जे कमाएको थिइनँ त्यो पैसा लिन्छु अनि जे रोपेको थिइनँ त्यसको फसल उठाउँछु।
Nepali Tamang 2011
थे शासन लबा म्‍हिसे थेदा ‘गे आखेल्‍बा नोकर! एला तामग्‍यामसेन ङाइ ए गे आखेल्‍बा चीम भिसी निसाफ लला। ङाइ व्‍यापार आलबा ग्‍लारी नाफा म्‍हाइमुला ओच्‍छे तिगै आढ्‍वबा ग्‍लारी बाली दुइबारी म्‍हाइबा खरो म्‍हि भिसी एदा थानोन चीम।