Luke 19:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ऊ त्यो पल्लो गाउँमा जाओ। त्यहाँ तिमीहरूले कहिल्यै कोही पनि नचढेको गधाको एउटा बछेडा बाँधिराखेको फेला पार्नेछौ। त्यसलाई फुकाएर यहाँ ल्याओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सामुन्नेको गाउँमा जाओ, र भित्र पस्दापस्दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही मानिस चढ़ेको छैन। त्यसलाई फुकाएर यहाँ ल्याओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूका सामुको गाउँमा जाओ, र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ; जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ।
Nepali Tamang 2011
पुइबा धुइरी चुह्रङ् भिसी सुङ्जी, “एनी जजाकी क्याथाङला नाम्सारी निउ। नाम्सारी धोमाहेन्से एनीगदेसे दान्देधोना खालै आक्रेःबा गधाला कोला गिक स्याप्ला। थेदा ब्लसी चुरी भसी खउ।