Luke 19:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू यरूशलेमको नजिकै जैतुन डाँडाको ओह्रालोमा आइपुग्‍नुभयो। त्‍यस बेला येशूले गर्नुभएका शक्तिशाली कामहरू सम्‍झेर सबै चेलाहरूले रमाउँदै ठूलो सोरमा परमेश्‍वरको जयजयकार गाउन थाले—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्‍नुहुँदा चेलाहरूको समस्‍त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्‍ति रमाउँदै, परमेश्‍वरको प्रशंसा गर्दै उच्‍च सोरले कराउन लागे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूका सम्पूर्ण भीड, आफैँले देखेका सबै अचम्मका कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्न लागे:
Nepali ERV (पवित्र बाइबल)
येशू यरूशलेम पुग्नै लाग्नु भएको थियो। उहाँ जैतून डाँडाको फेदीमा पुग्नु भएको थियो। चेलाहरूको सम्पूर्ण भीड नै खुशी थियो। तिनीहरू परमेश्वरलाई धन्यवाद चढाउँदै थिए। तिनीहरूले परमेश्वरको शक्तिपूर्ण कार्यहरू देखेर उहाँलाई कराई कराई धन्यवाद चढाउदैथे।
Nepali Tamang 2011
येशू यरूशलेम ङामला जैतून भिबा गङला ग्‍युरोरी धोखमा येशूदेन छ्‌याम भ्रबा चेलागदेसे येशूसे लबा उदेकला गेगदे ढन्‍सी ताङ्बान क्रिङ्सी चुह्रङ् भिसी परमेश्‍वरदा धन्‍यवाद पिन्‍बारी छ्‌याइजी,