Luke 19:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तँ अनि तेरा बालकहरूलाई नाश गर्नेछन्। तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी राख्‍नेछैनन् किनभने परमेश्‍वरले तँलाई बचाउन आएको समयलाई तैँले चिन्‍दै चिनिनस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्‍तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि भएको परमेश्‍वरको कृपा-दृष्‍टिको समयलाई चिन्‍न सकिनस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तँलाई र तेरो पर्खालभित्र भएका तेरा सन्तानहरूलाई जमिनमा पछार्नेछन्; र तिनीहरूले एउटा ढुङ्गा पनि अर्कोमाथि छोड्नेछैनन्; किनकि तैँले तँभित्र हुनुभएको परमेश्‍वरको आगमनको समयलाई चिनिनस्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले तिमीलाई र तिम्रो मानिसहरूलाई ध्वंस पार्नेछन्। तिम्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन्। यो घट्नेछ कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउँनु हुन्छ।”
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेसे एनीगदेला शहरला पर्खाल फुप्‍सी एनीगदेला शहरदा नाश लला। जमाहेन्‍से एनीगदेला कोलागदेदा साइला। तिग्‍दा भिसम परमेश्‍वरसे एनीगदेदा थार्ना लबा धुइदा एनीगदेसे ङोआसेनी।”