Luke 2:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला शिमियोन भन्ने मानिस यरूशलेममा बस्थे। उनी धार्मिक मानिस थिए र परमेश्वरको भक्ति गर्थे। उनले इस्राएलीहरूलाई बचाउने मानिसको बाटो हेरिरहेका थिए र पवित्र आत्मा उनीसँग हुनुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस समय यरूशलेममा शिमियोन नाम गरेका एक जना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
शिमियोन नाउँ गरेको एकजना मानिस यरूशलेममा बस्थे। उनी भक्त र खुबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थयो।
Nepali Tamang 2011
थे धुइरी यरूशलेमरी शिमियोन भिबा म्हि गिक मुबा। थे परमेश्वरसे म्हन्बा अन्छार भ्रबादेन परमेश्वरदा तेन्बा म्हि मुबा। थेदा परमेश्वरसे इस्राएलीगदेदा थार्बा पिन्बा म्हि पुइखला भिसी सुङ्बा ताम पूरा लला भिसी भ्रान्सी चिबा मुबा।