Luke 2:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिमियोनले उहाँहरूलाई आशीर्वाद दिएर बालककी आमा मरियमलाई भने, “सुन, इस्राएलमा धेरैको उद्धार वा नाश होस् भनेर परमेश्‍वरले तिम्रा बालकलाई नै छान्‍नुभएको छ। उहाँ परमेश्‍वरले देखाउनुहुने चिन्‍ह हुनुहुन्‍छ, जसलाई धेरैले विरोध गरेर आफ्‍ना हृदयका विचारहरू प्रकट गर्नेछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्‍थानको निम्‍ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्‍हको निम्‍ति नियुक्त गरिएको छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र येशूकी आमा मरियमलाई भने: “यी बालक इस्राएलमा धेरै जनाका लागि पतन र उत्थानका कारण ठहरिनुहुनेछ। उहाँ परमेश्‍वरबाट पठाइएको चिन्ह हुनुहुन्छ, तर धेरैले उहाँको विरोध गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियम, येशूकी आमालाई भने, “यो बालक इस्राएलमा धेरैजनको उत्थान र पतनको कारण हुनछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ।
Nepali Tamang 2011
जमाहेन्‍से शिमियोनसे मरियमदा मोलम पिन्‍बान भिजी, “च्‍यागो, चु लैनु इस्राएलीगदेदा थार्बा पिन्‍बादेन नाश लबाला लागिरी परमेश्‍वरसे पिन्‍बा चिनु हिन्‍ना। थेदा ल्‍हानान म्‍हिगदेसे बिरोध लला।