Luke 2:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्दिरमा हन्ना भन्ने एक जना बुढी अगमवादिनी थिइन्। उनी आशेर कुलका फनुएलकी छोरी थिइन्। विवाह भएको सात वर्षपछि नै उनी विधवा भएकी थिइन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आशेरको कुलमा फनुएलकी छोरी हन्ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्सँग बसेकी थिइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ आशेरका कुलका फनुएलकी छोरी हन्ना नाम गरेकी एउटी अगमवादिनी थिइन्। तिनी साह्रै वृद्ध थिइन्; र तिनी विवाहपछि सात वर्ष मात्र पतिसँग बसेकी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यहीं मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन। हन्ना धेरै बुढी भइसकेकी थिइन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात र्वष मात्र बिताइन।
Nepali Tamang 2011
थेरी आशेर वंशला फनुएलला झामे हन्ना भिबा बोगल ब्लिसे ब्लि दिङ तबा म्रिङम्हेमे गिक मुबा। थे अगमवक्तास्या मुबा, ब्याह तसी निस दिङ तमा थेला ह्रेम्बो सिजी। ओच्छे थे फोइथान चिसी धिन म्हुननोन परमेश्वरला मन्दिररी प्रार्थना लबान परमेश्वरदा तेन्मुबा।