Luke 2:48 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी छोरालाई त्‍यहाँ देख्‍दा उहाँका आमा-बुबाले अचम्‍म पनि माने। मरियमले सोधिन्, “बाबु, तिमीले यो के गरेको? हेर, तिम्रा बुबा र म आत्तिएर तिमीलाई खोजिरहेका थियौं!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँलाई देखेर उहाँका आमा-बुबा चकित भए, र उहाँकी आमाले भनिन्, “छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रा बुबा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँका आमाबुबा उहाँलाई देखेर चकित भए; तब उहाँकी आमाले उहाँलाई भनिन्, “छोरा, तिमीले हामीलाई किन यस्तो व्यवहार गर्‍यौ? तिम्रा बुबा र म चिन्तित भएर तिमीलाई खोजिरहेका थियौँ।”
Nepali ERV (पवित्र बाइबल)
जब उहाँका आमा-बाबुले उहाँलाई भेटे तिनीहरू आश्चर्य चकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, “पुत्र, तिमीले हामीलाई किन यसो गर्यौ? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौं।”
Nepali Tamang 2011
येशूला आबादेन आमासे थेदा म्राङ्सी उदेक म्‍हन्‍सी थेला आमासे “च्‍यागो झा, एला आबादेन ङा एदा म्‍हाइमा म्‍हाइमा हैरान तजी, एसे चुह्रङ् तिग लबा?” भिमा,