Luke 2:51 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशू आमा-बुबासँग नासरतमा फर्किनुभयो र उनीहरूको आज्ञा मानेर बस्‍नुभयो। उहाँकी आमा मरियमले चाहिँ यी सबै कुराहरू नबिर्सीकन मनैमा राखिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूका आज्ञाकारी भई बस्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्‍नो मनमा राखिन्‌
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूप्रति आज्ञाकारी बन्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनैमा राखिन्।
Nepali ERV (पवित्र बाइबल)
तब येशू तिनीहरूसंगै नासरत जानु भयो। उहाँले आफ्ना आमाबाबुले भनेका सबै कुराहरू मान्नु भयो। तर उहाँकी आमाले भने अझै त्यही कुराहरूनै मनमा राखिरहेकी थिइन्।
Nepali Tamang 2011
जमाहेन्‍से येशू ह्राङला आबा आमादेन छ्‌यामनोन नासरतरी फेप्‍जी। ओच्‍छे ह्राङला आबा आमासे पाङ्बा ताम ङ्‌यान्‍सी धन्‍छ्‌याजी। तर थेला आमासे चु जम्‍मान ताम ह्राङला सेमरीन थान्‍जी।