Luke 20:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन येशूले मन्दिरमा शिक्षा दिँदै हुनुहुन्थ्यो र परमेश्वरले पठाउनुभएको सुसमाचार सुनाउँदै हुनुहुन्थ्यो। त्यति बेला मुख्य पूजाहारी र धर्म-गुरुहरू अरू अगुवाहरूसँगै मिलेर उहाँकहाँ आएर भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक दिन मन्दिरमा उहाँले मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो, र तिनीहरूलाई सुसमाचार प्रचार गरिरहनुभएको थियो। धर्म-गुरुहरूका साथमा मुख्य पूजाहारीहरू र शास्त्रीहरू उहाँकहाँ आए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन उहाँले मन्दिरका चोकहरूमा भएका मानिसहरूलाई शिक्षा दिँदै र सुसमाचार घोषणा गरिरहनुभएको बेला, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, प्रधानहरूका साथमा उहाँकहाँ आए।
Nepali ERV (पवित्र बाइबल)
एकदिन येशू मन्दिरमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। उहाँले परमेश्वरको राज्यको विषयमा सुसमाचारहरू भनिरहनुभएको थियो। मुख्य पूजाहारी हरू, व्यवस्थाका शास्त्रीहरू र बूढा यहूदी प्रमुखहरू उहाँ भएकोमा प्रश्न गर्न आए।
Nepali Tamang 2011
तिरेकुनु येशू परमेश्वरला मन्दिररी लोप्बान मुबा ओच्छे परमेश्वरला य्हुल्साला समाचार थेःना लबान मुबा। थेनोन धुइरी परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदेदेन यहूदी गन्बागदे ओच्छे यहूदी धर्मगुरुगदे येशू मुबा ग्लारी खजी।