Luke 20:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाख पाकेपछि तिनले एक जना नोकरलाई आफ्नो भाग लिन पठाए। तर ती मोहीहरूले त्यसलाई कुटेर केही पनि नदिई फर्काइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फल पाकिसकेपछि दाखबारीबाट केही फल लिन दाखबारीका मालिकले आफ्नो एउटा नोकरलाई मोहीहरूकहाँ पठाए। तर मोहीहरूले त्यसलाई पिटेर रित्तै पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कटनीको समयमा तिनले ती मोहीहरूले दाखबारीबाट तिनलाई फलको केही भाग देऊन् भनी एउटा सेवकलाई तिनीहरूकहाँ पठाए। तर मोहीहरूले त्यसलाई पिटे, र त्यसलाई रित्तै हात फर्काइदिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि, खेतमा दाखको फसल उठाउने समय आयो। अनि त्यो मानिसले आफ्नो एकजना नोकरलाई ती खेतीवालहरूकहाँ आफ्नो पाउनु पर्ने दाखको भाग लिन पठायो। तर खेतीवालहरूले त्यो नोकरलाई कूटपीट गरे अनि खाली हात पठायो।
Nepali Tamang 2011
अङगुर मिन्बा धुइ तमाहेन्से थे फ्युक्पो म्हिसे ह्राङला भो किन्बाला लागिरी अधियाँ लबागदे मुबा ग्लारी ह्राङला नोकरगदेदा पुइजी। तर थे अधियाँ लबागदेसे थेदा तोबा ग्याङ्बा लसी तिगै आपिन्ना पुइजी।