Luke 20:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले तिनीहरूतिर हेरेर भन्‍नुभयो, “त्‍यसो भए धर्मशास्‍त्रमा लेखिएका यी कुराहरूको अर्थ के हुन् त?— डकर्मीहरूले काम लाग्‍दैन भनेर फ्‍याँकेको ढुङ्गा नै घरको जग बसाल्‍दाखेरि मुख्‍य ढुङ्गा बन्‍न आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “यो लेखिएको के हो त? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले सोझै तिनीहरूलाई हेर्नुभयो र सोध्नुभयो, “तब यसरी लेखिएको कुराको अर्थ के हो त: “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको मुख्य ढुङ्गा बन्यो’?
Nepali ERV (पवित्र बाइबल)
तर येशूले तिनीहरूको आँखामा हेर्नुभयो अनि भन्नुभयो, “त्यसो भए, यो लेखिएको अर्थ के होलाः
Nepali Tamang 2011
ओच्‍छे येशूसे थेनीगदेला लीरी स्‍हीसी चुह्रङ् भिसी सुङ्जी, “थेह्रङ् भिसम परमेश्‍वरला बचनरी ‘जुन युङबादा दिम स्‍होबा कर्मीगदेसे गे आखेल भिसी भ्‍याङ्‍बा मुबा थेनोन युङबा दिमला सुर युङबा दोजी’ भिसी भ्रिबा चु तामला अर्थ तिग हिन्‍ना?