Luke 20:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्म-गुरु र मुख्य पूजाहारीहरूले यी कुरा उनीहरूकै विरोधमा भनेको हो भन्ने बुझेर येशूलाई पक्रने विचार गरे, तर तिनीहरूलाई मानिसहरूको डर भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शास्त्रीहरू र मुख्य पूजाहारीहरूले त्यसै बेला उहाँलाई पक्रन खोजे। तिनीहरूलाई थाहा थियो कि यो दृष्टान्त तिनीहरूकै विरुद्धमा भनिएको थियो तर तिनीहरू मानिसहरूसँग डराउँथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि व्यवस्थाका शिक्षकहरू र मुख्य पुजारीहरूले उहाँलाई तुरुन्तै पक्रने उपाय खोज्न थाले; किनकि उहाँले यो दृष्टान्त तिनीहरूका विरुद्धमा भन्नुभएको हो भनी तिनीहरूलाई थाहा थियो। तर तिनीहरू मानिसहरूदेखि डराउँथे।
Nepali ERV (पवित्र बाइबल)
येशूले भनेको यो कथा यहूदी प्रमुखहरूले सुने। तिनीहरूकै निम्ति भनिए झैं बुझे। त्यसर्थ तिनीहरूले त्यति बेलै येशूलाई पक्रिने चेष्टा गरे। तर तिनीहरू मानिसहरूसंग डराए।
Nepali Tamang 2011
जमाहेन्से यहूदी धर्मगुरुगदेदेन परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदेसे थे धुइरी येशूदा चुङ्बारी म्हाइजी। तिग्दा भिसम चु उखान येशूसे थेनीगदेलान बिरोधरी सुङ्बा हिन्ना भिबा ताम थेनीगदेदा था मुबा। तर थेनीगदे म्हिगदे म्राङ्सी लोङ्मुबा।