Luke 20:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सुराकी मानिसहरूले गएर येशूलाई सोधे, “हे गुरु, हामीलाई थाहा छ, तपाईंले भन्नुभएका कुरा र शिक्षा ठीक छन्। तपाईंले मानिसको मुख हेरेर कुरा गर्नुहुन्न, तपाईंले त परमेश्वरको सत्य बाटो नै देखाउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौं, तपाईं ठीक बोल्नुहुन्छ र ठीक सिकाउनुहुन्छ, र कसैको पक्षपात गर्नुहुन्न, तर सत्यतासाथ परमेश्वरको मार्ग सिकाउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती जासुसहरूले उहाँलाई प्रश्न गरे: “गुरुज्यू, हामी जान्दछौँ कि तपाईंले जे ठिक छ, त्यही बोल्नुहुन्छ र त्यसैको शिक्षा दिनुहुन्छ, र तपाईंले भेदभाव राख्नुहुन्न। तर सत्यता बमोजिम परमेश्वरका मार्ग सिकाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि तिनीहरूले येशूलाई सोधे, “गुरुज्यू हामी बुझ्छौ कि तपाईं जे बोल्नु हुन्छ अनि शिक्षा दिनु हुन्छ त्यो सही छ। तपाईं सबै मानिसहरूलाई निष्पक्ष सित त्यहीकुरा सिकाउनु हुन्छ। अनि तपाईं सधैं नै परमेश्वरको मार्गको विषयमा सत्य सिकाउनु हुन्छ।
Nepali Tamang 2011
थे म्हिगदे येशू मुबा ग्लारी निसी, “गुरु, ह्राङसे लोप्बा ताम ठीक हिन्ना। ह्राङसे खालैला ली स्हीसी गे आलमुला, ओच्छे ह्राङसे परमेश्वरला सत्य ग्याम उन्मुला भिसी ङन्दा था मुला।