Luke 20:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मानिसको सामुन्ने उहाँलाई कुनै कुरामा पनि फसाउन सकेनन् र उहाँको जवाफमा अचम्म मान्दै चुपचाप बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूका सामुन्ने तिनीहरूले उहाँलाई कुरामा फसाउन सकेनन्, र उहाँको जवाफमा तिनीहरू चकित भएर चूप रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले त्यहाँ सारा मानिसहरूको अगि जे भन्नुभयो, त्यस कुरामा उहाँलाई फसाउन तिनीहरू सामर्थ्य भएनन्। उहाँले दिनुभएको जवाफमा आश्चर्यचकित भएर तिनीहरू चुप लागिरहे।
Nepali ERV (पवित्र बाइबल)
उहाँ ज्ञानमय उत्तर सुनेर तिनीहरू छक्क परे। तिनीहरूले केही भन्न सकेनन्। मानिसहरूको अघि तिनीहरूले येशूलाई केही कुरामा पनि पक्रन सकेनन्, यसर्थ तिनीहरू चूपचाप बसे।
Nepali Tamang 2011
थेनीगदेसे म्हिला ओन्छाङरी येशूदा खजिबै तामग्याम फसब लसी चुङ्बारी आखम्नी। ओच्छे येशूसे सुङ्बा तामरी थेनीगदे उदेक म्हन्सी कुटिसी चिजी।