Luke 20:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले येशूलाई सोधे, “हे गुरु, मोशाले हामीलाई लेखिदिएको व्यवस्थाअनुसार कसैको दाजु सन्‍तान नभई मर्‍यो भने दाजुका लागि सन्‍तान होस् भनेर भाइले भाउजूलाई बिहे गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गुरुज्‍यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निस्सन्‍तान मर्‍यो भने, भाइचाहिँले त्‍यसकी पत्‍नीलाई विवाह गरी दाज्‍यूको सन्‍तान खड़ा गरिदिनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, कि कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई मात्र छोडेर मर्‍यो भने त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्‍न गरिदिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“गरुज्यू, मोशाले लेख्नु भएको छ कि यदि कुनै विवाहित मानिस सन्तान नजन्माई मर्यो भने उसकी पत्नीलाई उसको भाईले दाज्यूको सन्तानको निम्ति विवाह गर्नुपर्छ अनि दाज्युको लागि सन्तान जन्माउनु पर्छ।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेसे येशूदा चुह्रङ् भिसी ङ्‌योइजी, “गुरु, मोशासे य्‍हाङदा पिन्‍बा ठिम अन्‍छार खालैला ज्‍योज्‍योसे ब्‍याह लसी कोलागदे आतनान सिजी भिसम ज्‍योज्‍यो‍ला लागिरी कोलागदे तगै भिसी आलेसे चाङदा ब्‍याह लतोःला भिसी भ्रिबा मुला।