Luke 20:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेकाहरू बिउँतन्छन् भन्ने कुराको प्रमाण मोशाले राम्ररी दिएका थिए। बलिरहेको पोथ्राको बखानमा उनले प्रभु परमेश्वरलाई ‘अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर’ भनेर पुकारेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मृतकहरू जीवित भई उठ्नेछन् भन्ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर भनेर पुकार्दा देखाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पोथ्राको विवरणमा मोशाले पनि मरेकाहरू जीवित पारिन्छन् भन्ने कुरा देखाएका थिए; किनकि तिनले प्रभुलाई ‘अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर’ भनी पुकार गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
मोशाले जलिरहेका पोथ्रोको वर्णन गर्दा स्पष्टरूपले भनेका छन् कि मानिसहरू मृत्युबाट बौरी उठ्नेछन्। परमप्रभुलाई मोशाले अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले भन्नुभएकोछ।’
Nepali Tamang 2011
परमप्रभुसे लुङ्बा झाङग्याम मोशादा ‘ङा अब्राहामला परमेश्वर, इसहाकला परमेश्वर ओच्छे याकूबला परमेश्वर हिन्ना’ भिसी सुङ्बा ताम मोशासे भ्रिबा मुला। चु तामग्यामसेन सिबाग्याम सोना लमुला भिसी उन्बा मुला।