Luke 20:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामी के भनौं? परमेश्वरबाट भनौं भने त ‘तिमीहरूले किन यूहन्नालाई विश्वास गरेनौ त?’ भनेर उनले सोधिहाल्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आपसमा बहस गर्न लागे, “‘स्वर्गबाट’ भनौं भने, ‘तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भनेर तिनले भन्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यस विषयमा आपसमा छलफल गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, तिनले ‘त्यसो भए किन तिनलाई विश्वास गरेनौ त?’ भनी सोध्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले यस विषयमा आपसमा बहस गरे, “यदि हामीले भन्यौं, यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको थियो, तब उनले भन्नेछन्, त्यसो भए यूहन्नालाई किन विश्वास नगरे को?’
Nepali Tamang 2011
जमाहेन्से थेनीगदे ह्राङ ह्राङ न्हङरी ताम लबारी छ्याइजी, “परमेश्वरग्याम भिजी भिसम थेसे य्हाङदा ‘थेह्रङ् भिसम एनीगदेसे तिग्दा यूहन्नादा विश्वास आलबा?’ भिसी भिला।