Luke 20:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले मानिसहरूलाई दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “एक जना मानिसले अङ्‌गुरको बारी लगाए र खेती कमाउन मोहीहरूलाई दिए। तिनी आफैंचाहिँ परदेश गएर धेरै दिनसम्‍म उतै बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मानिसहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र मोहीहरूलाई दिएर धेरै दिनका निम्‍ति परदेश गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ बोलिरहनुभयो र मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र केही किसानहरूलाई मोहीको रूपमा खटाएर लामो समयका लागि टाढा गए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले दृष्टान्त कथा सुनाउनुभयष्ठ्वो, “एकजना मानिसले खेतमा दाखहरू रोपे। उसले आफ्नो खेत केही खेतीवालहरूलाई किरायमा दिए। त्यसपछि ती मानिस धेरै समयको लागि बाहिर गए।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे म्‍हिगदेदा उखान गिक सुङ्जी, “म्‍हि गिकसे वारीरी अङगुर सूसी अधियाँरी पिन्‍सी थे ल्‍हानान धिनना लागिरी अर्गु य्‍हुल्‍सारी निजी।