Luke 21:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यी सबै कुरा हुनुभन्दा अघि मानिसहरूले तिमीहरूलाई मेरो नाउँको कारणले पक्रनेछन्, सताउनेछन्, सभाघरमा लगेर मुद्दा चलाउनेछन् र झ्‍यालखानमा हाल्‍नेछन्। अझै तिनीहरूले तिमीहरूलाई राजा र बडा-हाकिमका अगाडि उभ्‍याउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर यी सबै कुराहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रनेछन्, र सताउनेछन्, र तिमीहरूलाई सभाघरहरूमा सुम्‍पिदिनेछन्, र झ्‍यालखानमा हालिदिनेछन्‌। तिमीहरूलाई मेरो नाउँको खातिर राजाहरू र हाकिमहरूका सामुन्‍ने पुर्‍याउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर यी सबै हुनुभन्दा अगि तिनीहरूले तिमीहरूमाथि हात हाल्नेछन्, र तिमीहरूलाई खेदो गर्नेछन्। तिनीहरूले तिमीहरूलाई सभाघरहरू र झ्यालखानाहरूमा पुर्‍याउनेछन्, र तिमीहरू राजाहरू र राज्यपालहरूका अगाडि लगिनेछौ। यी सबै कुरा मेरो नामको कारणले गर्दा आइपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तर यी घटनाहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रिनेछन् अनि तिमीहरूलाई सताउनेछन्। तिनीहरूका सभा-घरहरूमा तिमीहरूको न्याय गरिनेछ अनि तिमीहरूलाई झयालखानामा हाल्नेछन्। राजाहरू र राज्यपालहरू अघि तिमीहरूलाई उभ्याइनेछ। मानिसहरूले तिमीहरूलाई यसो गर्नुको कारण तिमीहरू मेरा चेलाहरू हौ।
Nepali Tamang 2011
“तर चु तबा भन्‍दा ङाच्‍छा म्‍हिगदेसे एनीगदेदा चुङ्सी दुख पिन्‍ना। ओच्‍छे यहूदीगदे ह्रुप तबा दिमरी जिम्‍मा लसी एनीगदेदा झ्‍याल्‍खानरी झाङ्‌ला। ओच्‍छे एनीगदेसे ङादा विश्‍वास लबासे लमा ग्‍लेदेन अञ्‍चलाधीशगदेला ङाच्‍छापट्टि भोर्ला।