Luke 21:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई झन् अप्ठ्यारोपर्नेछ। देशभरि डरलाग्दो दु:ख आइपर्नेछ। परमेश्वरको दण्ड यस जातिका मानिसहरूमाथि खनिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय! किनकि पृथ्वीमा ठूलो सङ्कष्ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाय! गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि ती दिनहरू कति डरलाग्दा हुनेछन्! संसारमा ठूलो सङ्कष्ट र यस जातिमाथि क्रोध आइपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय गर्भवती स्त्री र दूधे बालकका आमाहरूको निम्ति भयानक हुनेछ। किन? किनभने यो भूमिमा अति कष्ट आइपर्नेछ। परमेश्वरको रिस ती मानिसहरूमाथि पर्नेछ।
Nepali Tamang 2011
थे धुइरी जिउ न्हीला म्रिङम्हेमेदेन कोलादा ङ्हे ख्वाबा आमागदेदा झन गाते ल्हानान दुख तला! ओच्छे य्हुल्सा नाङनोन ल्हानान दुख तला। चु य्हुलला म्हिगदेदा परमेश्वरसे ल्हानान सजाय पिन्ना।