Luke 21:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुहरूले मानिसहरूलाई कि त तरवारले टुक्र्याउनेछन् कि त कैद गरेर देश-देशमा लैजानेछन्। अरू जातिका मानिसहरूको दिन पूरा नहुञ्जेल तिनीहरूले यरूशलेमलाई कुल्ची-मिल्ची गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू तरवारले मारिनेछन्, र सबै देशहरूमा कैदी बनाएर लगिनेछन्। अनि अन्यजातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू तरवारले ढालिनेछन् वा सबै राष्ट्रहरूकहाँ कैदी बनाएर लगिइनेछन्। गैरयहूदीहरूको समय पूरा नहोउन्जेल यरूशलेम गैरयहूदीहरूद्वारा कुल्चीमिल्ची पारिनेछ।
Nepali ERV (पवित्र बाइबल)
कतिजना मानिसहरू सिपाहीहरूद्वारा मारिनेछन्। कतिजनालाई कैदी बनाई सबै देशहरूमा लगिनेछ। यरूशलेमको पवीत्र शहरमा गैरयहूदीहरूको समय शेष नहुञ्जेल तिनीहरू पाइताला ठटाएर हिडी रहनेछन्।
Nepali Tamang 2011
थे धुइरी कोइ कोइ म्हिगदेदा तरवारसे ताम्सी साइला, कोइ कोइदा चुङ्सी य्हुल्सा य्हुल्सारी भोर्ला। ओच्छे अर्गु य्हुलला म्हिगदेला धुइ आजिन्तेधोना थेनीगदेसे यरूशलेमरी रजाइँ लला।