Luke 21:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“घाम, जून र ताराहरूमा अनौठा चिन्‍हहरू देखिनेछन्। समुद्रका गर्जन र डरलाग्‍दा छालहरूले गर्दा पृथ्‍वीभरि सबै जातिका मानिसहरू डरले हताश हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सूर्य, चन्‍द्र र ताराहरूमा चिन्‍ह देखा पर्नेछन्, र समुद्रको गर्जन र छालहरूले पृथ्‍वीका राष्‍ट्रहरू सङ्कष्‍टमा परी व्‍याकुल हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्‍ट र व्याकुलमा पर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घटनाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङकटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन।
Nepali Tamang 2011
“लनी धिनीदेन सारगदेरी खाइमै आम्राङ्बा चिनुगदे म्राङ्ला। ओच्‍छे समुन्‍द्र घुर्बादेन समुन्‍द्रला छालसे लमा जम्‍बुलिङला जम्‍मान म्‍हिगदे लोङ्सी आत्तेब तला।