Luke 21:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“चनाखो भएर बस, धेरै भोज-भतेरपछि नलाग, मातेर नहिँड र यस जीवनको निम्‍ति फिक्री नगर। नत्रता तिमीहरूको मन बोधो हुनेछ र “त्‍यो दिन” तिमीहरूले नचिताएको बेलामा आउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तिमीहरू आफ्‍नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्‍कासि त्‍यो दिन पासोझैँ आइपर्ला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“होसियार बस, नत्रता तिमीहरूको हृदय प्रशस्त भोग-विलास, मतवालापन र जीवनको फिक्रीले मन्द होला, र त्यो दिन तिमीहरूमाथि नचिताएको पासोझैँ एक्‍कासि आइपर्ला।
Nepali ERV (पवित्र बाइबल)
“होशियार बस! आफ्नो समय महाभोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ।
Nepali Tamang 2011
“तर एनीगदे होशियार तसी चिउ, आहिन्‍सम मोजमजा लसी ङ्‌य्‍होइसी भ्रबादेन ह्राङला ल्‍हुइला धन्‍दा सुर्दासे लमा एनीगदेला सेम न्‍होङ्ला। ओच्‍छे परमेश्‍वरसे पुइखबा म्‍हि खमा एनीगदे तिक्‍खुरीन पासोरी परब तबा ह्रङ् तला।