Luke 22:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले रोटी लिनुभयो र परमेश्‍वरलाई धन्‍यवाद चढाएर टुक्र्याउनुभयो र चेलाहरूलाई दिँदै भन्‍नुभयो, “तिमीहरूलाई दिएको यो मेरो शरीर हो। अबदेखि मेरो सम्‍झनाको निम्‍ति यसरी नै खाने गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले रोटी लिनुभयो र धन्‍यवाद चढ़ाउनुभएपछि त्‍यो भाँच्‍नुभयो र तिनीहरूलाई यसो भन्‍दै दिनुभयो, “तिमीहरूका निम्‍ति दिइएको यो मेरो शरीर हो। मेरो सम्‍झनामा यो गर्ने गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले रोटी लिनुभयो। परमेश्‍वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, “यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले केही रोटी लिनु भयो। उहाँले रोटीको लागि परमेश्वर धन्यवाद दिनुभयो अनि टुक्रा पार्नु भयो। उहाँले ति प्रेरितहरूलाई दिनु भयो अनि उहाँले भन्नुभयो, “यो मेरो शरीर हो जुन म तिमीहरूलाई दिंदैछु। मेरो सम्झनाको निम्ति यसो गर।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे यारी गेङ थोसी परमेश्‍वरदा धन्‍यवाद पिन्‍माहेन्‍से गेङ क्‍युइसी चेलागदेदा पिन्‍बान, “चु एनीगदेला लागिरी पिन्‍बा ङाला ल्‍हुइ हिन्‍ना। दाहेन्‍से ङादा ढन्‍सी चिबाला लागिरी एनीगदेसे चुह्रङ्‌नोन लउ” भिसी सुङ्जी।