Luke 22:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले भन्‍नुभयो, “पत्रुस साँच्‍चै म तिमीलाई भन्‍छु, तिमीले चिन्‍दै-चिन्‍दिनँ भनेर मलाई तीनपल्‍टसम्‍म इन्‍कार नगरेसम्‍म भोलि बिहान भाले बास्‍नेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले भन्‍नुभयो, “पत्रुस, म तिमीलाई भन्‍दछु, तिमीले मलाई चिन्‍दिनँ भनेर तीन पल्‍ट अस्‍वीकार नगरुञ्‍जेल आज भाले बास्‍नेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, आज भाले बास्‍नुभन्दा अगि तिमीले मलाई चिनेको कुरा तीन पल्ट अस्वीकार गर्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
तर येशूले भन्नुभयो, “ए पत्रुस, आज भाले बास्न अघि नैं, मलाई तिमीले चिन्छु भन्न तीनपल्ट इन्कार गर्नेछौ।”
Nepali Tamang 2011
तर येशूसे पत्रुसदा “पत्रुस, ङाला ताम ङ्‌यान्‍गो, न्‍हङगर स्‍य्‍होरी नागा क्राबा भन्‍दा ङाच्‍छा एसे ङादा ङोसेबान आरे भिसी सोमरेमधोना पाङ्ला” भिसी सुङ्जी।