Luke 22:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई झोला, जुत्ता र पैसाबिना पठाएँ, के तिमीहरूलाई कुनै कुराको खाँचो भयो?” तिनीहरूले भने, “अहँ, भएन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई थैलो र झोली र जुत्ताविना पठाएको थिएँ, के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले भने, “भएन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशूले तिनीहरूलाई सोध्नुभयो, “जब मैले तिमीहरूलाई थैली, झोला अथवा जुत्ताविना नै पठाएँ, तब के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले जवाफ दिए, “भएन।”
Nepali ERV (पवित्र बाइबल)
तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?” प्रेरितहरूले भने, “भएन।”
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “ङाइ एनीगदेदा टाङगा, झोला, लखम आभोर्ना निउ भिसी पुइमुबा। थे धुइरी एनीगदेदा तिगै स्‍हेला खाँचो तजी? भिसी ङ्‌योइमा, थेनीगदेसे “आतनी” भिसी भिजी।