Luke 22:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने म तिमीहरूलाई भन्‍छु, धर्मशास्‍त्रमा ‘उनी अपराधीहरूसँग गनिए’ भनी लेखिएको कुरा मेरो जीवनमा पूरा हुनु नै पर्छ। साँच्‍चै मेरो बारेमा लेखिएका कुरा पूरा भइरहेका पनि छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई भन्‍दछु, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो’ भनी लेखिएको कुरा ममा पूरा हुनैपर्छ। हो, मेरो बारेमा लेखिएको कुरा पूरा भई नै रहेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसो लेखिएको छ: ‘उहाँ अपराधीहरूसँग गनिनुभयो,’ अनि म तिमीहरूलाई भन्दछु, यो लेखिएको कुरा मेरो जीवनमा पूरा हुनैपर्छ। हो, मेरो विषयमा जे लेखिएको छ; त्यो पूरा हुन लाग्दैछ।”
Nepali ERV (पवित्र बाइबल)
यो धर्मशास्त्रले भन्छ। मानिसहरूले भने उनी अपराधी हुन्। यशैया 5312 धर्मशास्त्रमा लेखिएका कुरा साँचो हुनै पर्छ। यो मेरै विषयमा लेखिएको थियो, अनि अहिले साँचो भइरहेछ।”
Nepali Tamang 2011
एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, तिग्‍दा भिसम परमेश्‍वरला बचनरी ‘थेदा अपराधीगदेदा ह्रङ्नोन लला भिसी भ्रिबा ताम ङाग्‍याम पूरा तनोन तोःला’ तिग्‍दा भिसम ङाला बारेरी भ्रिबा ताम पूरा तबान मुला।”