Luke 22:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको हृदय ज्‍यादै कष्‍टले भरिएको थियो अनि उहाँले अझै धेरै प्रार्थना गर्नुभयो। उहाँको पसिना रगतको थोप्‍लाझैँ भूइँमा चुहुँदै थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अत्‍यन्‍त सङ्कष्‍टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्‍नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्‍लाजस्‍तै जमिनमा खसिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अति व्याकुल भएर उहाँले अझै बढी आग्रहपूर्वक प्रार्थना गर्नुभयो; र उहाँको पसिना रगतका थोपाजस्तै भुइँमा खसिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
येशू अति संकष्टमा पर्नुभयो; उहाँले झन् परिश्रमसंग प्रार्थना गर्नुभयो रगत बगे जस्तै उहाँका अनुहारबाट पसीना चुह्यो।
Nepali Tamang 2011
थे धुइरी येशूदा ल्‍हानान दुख तबासे लमा थेसे झन प्रार्थना लजी। थे धुइरी थेला टू काला धारा ह्रङ् लसी सरी ताइबान मुबा।