Luke 22:47 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले यो कुरा भन्दाभन्दै एक हुल मानिसहरू त्यहाँ आइपुगे। बाह्र जनामध्ये यहूदा भन्ने एक जना चेलाचाहिँ ती मानिसहरूका अगुवा भई येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ बोल्दाबोल्दै, एउटा भीड त्यहाँ आइपुग्यो। बाह्र चेलामध्ये एक जना यहूदा भन्नेचाहिँ तिनीहरूका अगिअगि आयो। येशूलाई चुम्बन गर्नलाई त्यो उहाँको नजिकै गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ बोलिरहनुभएकै बेला एउटा भीड त्यहाँ आयो। अनि बाह्र जनामध्ये यहूदा भनिनेले तिनीहरूलाई अगुवाइ गरिरहेको थियो। तब येशूलाई चुम्बन गर्न त्यो अगि बढ्यो।
Nepali ERV (पवित्र बाइबल)
जतिबेला येशू बोलिरहनु भएको थियो, एक दल मानिसहरू त्यहाँ आइपुगे। बाह्रजना प्रेरितहरूमध्ये एकजना जसलाई यहूदा भनिन्थ्यो त्यो दललाई अगुवाई गरिरहेको थियो। यहूदा येशूको नजिकै उहाँलाइ म्वाई खान आयो।
Nepali Tamang 2011
येशूसे चु ताम सुङ्बान लबा धुइरी थेरी म्हिला हुल गिक खजी। थे म्हिला हुलला ङाच्छा ङाच्छा च्युक न्ही चेलागदे न्हङला यहूदा भिबा चेला खजी। येशूदा च्योक लबाला लागिरी थे येशूला ङामरी खजी।