Luke 22:52 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई पक्रन आउनेहरूचाहिँ मुख्य सिपाहीहरू, मन्दिरका चौकीदार र अरू अगुवाहरू थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आएका?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँको विरुद्धमा आएका मुख्य पूजाहारीहरू, मन्दिरका कप्तानहरू, र धर्म-गुरुहरूलाई उहाँले भन्नुभयो, “के तपाईंहरू डाँकूको विरुद्धमा आएजस्तै तरवार र लाठाहरू लिएर आउनुभयो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशूले उहाँलाई पक्रन आएका मुख्य पुजारीहरू, मन्दिरका पहरेदारहरूका अधिकारीहरू र प्रधानहरूलाई भन्नुभयो, “के मैले राजद्रोहको अगुवाइ गरेको छु र तपाईंहरू तरवार र लाठाहरू लिएर आउनुभयो?
Nepali ERV (पवित्र बाइबल)
येशूलाई पक्रन आउनेहरूमा मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र मन्दिरको सिपाहीहरू थिए। येशूले तिनहरूलाई भन्नुभयो, “तपाईंहरू किन तरवार र लाठ्ठीहरू लिएर आएको? के मलाई कुनै अपराधी जस्तो लाग्छ?
Nepali Tamang 2011
जमाहेन्से येशूसे ह्राङदा चुङ्बारी खबा परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदेदेन मन्दिरला सिपाहीगदेला हाकिमगदेदा ओच्छे यहूदी गन्बागदेदा “एनीगदे य्होदा चुङ्बारी खबा ह्रङ् लसी तिग्दा कडीदेन तरवार थोसी खबा?