Luke 23:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि हेरोद र उनका सिपाहीहरूले येशूलाई गिल्‍ला गर्दै अपमान गरे। येशूलाई राजाले लगाउनेजस्‍तै लुगा लगाइदिएर पिलातसकहाँ नै फर्काइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेरोदले आफ्‍ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्‍कारपूर्ण व्‍यवहार गरे, र उहाँको गिल्‍ला गरे। त्‍यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेरोद र तिनका सिपाहीहरूले उहाँको निन्दा र गिल्‍ला गरे। तिनीहरूले उहाँलाई राजकीय वस्त्र लगाइदिएर पिलातसकहाँ नै फिर्ता पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए।
Nepali Tamang 2011
जमाहेन्‍से हेरोददेन थेला सिपाहीगदेसे येशूदा खिसी लबान बेइज्‍जत लजी। ओच्‍छे येशूदा ग्‍लेसे क्‍वान्‍बा ह्रङ्‌बा क्‍वान क्‍वान्‍सी पिन्‍सी पिलातस मुबा ग्‍लारी दोःसी पुइजी।