Luke 23:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मानिसहरूलाई भड्काए भनेर तपाईंहरूले यिनलाई मकहाँ ल्याउनुभयो। अहिले यिनलाई तपाईंहरूकै सामुन्ने केरकार गरें, तर तपाईंहरूले लगाउनुभएको कुनै पनि दोष मैले यिनमा पाइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले तिनीहरूलाई भने, “तिमीहरूले मानिसहरू भड्काउने भनी यिनलाई मेरो सामुन्ने ल्यायौ। तिमीहरूकै सामुन्ने केरकार गर्दा तिमीहरूले यिनमाथि लाएका अभियोगको दोषी भेट्टाइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई जनतालाई विद्रोह गर्न भड्काउने मानिस भन्दै मकहाँ ल्यायौ। मैले तिमीहरूकै सामु यिनको जाँच गरेँ। अनि यिनको विरुद्धमा तिमीहरूले लगाएका दोषको लागि मैले केही आधार भेट्टाएको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले यो मानिसलाई मकहाँ ल्यायौ। तिमीहरूले भन्यौ कि यो मानिसले मानिसहरूलाई मकहाँ उत्तेजित गराइरहेकोछ। तर मैलै तिमीहरूकै अघि उहाँलाई जाँचे। तर तिमीहरूले लगाएको कुनै पनि दोषरोपनमा मैले उहाँमाथि कुनै दोष पाईन।
Nepali Tamang 2011
“एनीगदेसे चुसे म्हिगदेदा न्होङ्ना लजी भिसी ङा मुबा ग्लारी भजी, तर ङाइ एनीगदेला ङाच्छापट्टिन चुदा ङ्योइबा छार्बा लमा ङाइ ह्राङनीसे लबा दोष तिगै आस्याप्नी।