Luke 23:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उहाँलाई दोष लगाउँदै भने, “यसले आफैंलाई ‘म मुक्ति दिने राजा ख्रीष्‍ट हुँ भनेको र रोमी सरकारलाई कर तिर्नुपर्दैन’ भनेर हाम्रो देशका मानिसहरूलाई भड्काइरहेको हामीले भेट्यौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँमाथि यसो भन्‍ने दोष लगाउन लागे, “यस मानिसले हाम्रो राष्‍ट्रलाई बहकाउन लागेको हामीले भेट्टायौं। यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्‍छ, आफैलाई चाहिँ ‘म ख्रीष्‍ट, एक राजा हुँ’ भनी भन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उहाँलाई यसो भनेर दोष लगाउन थाले, “यस मानिसले हाम्रो राष्ट्रलाई नै बहकाउँदै गरेको हामीले भेट्टायौँ। यसले सिजरलाई कर तिर्ने कुराको विरोध गर्छ र आफैँलाई ‘ख्रीष्‍ट, राजा हुँ’ भनी भन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले उहाँलाई दोष दिन थाले। तिनीहरूले पिलातसलाई भने, “उहाँले हाम्रा मानिसहरूलाई पथ भ्रष्ट गराँउदै थिए र हामीले उहाँलाई पक्रेकाछौं। उहाँले सिजरलाई कर तिर्नु विरोध गर्नुहुन्छ। उहाँ दावी गर्नु हुन्छ, उहाँ ख्रीष्ट राजा हुनुन्छ।”
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेसे येशूदा दोष लबान, “चुसे ह्राङसे ह्राङदान ङा थार्बा पिन्‍बा ख्रीष्‍ट हिन्‍ना भिबादेन रोमी ग्‍याल्‍बो कैसरदा तिरो फाआतोः भिसी य्‍हाङला य्‍हुल्‍साला म्‍हिगदेदा न्‍होङ्ना लबा ङन्‍से स्‍याप्‍जी” भिसी भिजी।