Luke 23:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई लिएर गइरहँदा तिनीहरूले कुरेनी देशको सिमोनलाई भेटे। उनी गाउँबाट सहरतिर आइरहेका थिए। तिनीहरूले उनलाई पक्रे र येशूको क्रूस बोक्‍न लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई त्‍यहाँबाट लैजाँदा, गाउँबाट आइरहेको सिमोन नाउँको कुरेनी निवासीलाई समाते, र क्रूस बोकेर उहाँको पछिपछि जान लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिपाहीहरूले उहाँलाई लैजाँदै गर्दा साइरिनीवासी सिमोनलाई समाते, जो गाउँबाट आउँदैथिए। अनि तिनलाई क्रूस बोकाएर येशूको पछि-पछि हिँड्न लगाए।
Nepali ERV (पवित्र बाइबल)
सिपाहीहरूले येशूलाई मार्न टाढा लगेर गए। त्यसैबेला एउटा मानिस खेतबाट आफ्नो शहरतिर र्फकिरहेको थियो। त्यसको नाम शिमोन थियो। शिमोन साइरेनीवासी थिए। सिपाहीहरूले शिमोनलाई येशूको पछि पछि क्रूस बोकेर हिंडन बाध्य गराए।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेसे येशूदा थेग्‍याम भोर्बान लमा कुरेनी भिबा ग्‍लाला सिमोन खबान मुबा। थेदा चुङ्सी येशूला क्रुस पुइपुङ्सी येशूला लिच्‍छा लिच्‍छा भ्रपुङ्जी।