Luke 23:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू खप्‍परे भन्‍ने ठाउँमा आइपुगे। त्‍यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगेर झुण्‍ड्याए र ती दुई अपराधीहरूलाई पनि एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ देब्रेपट्टि क्रूसमा टाँगेर झुण्‍ड्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू खप्‍परे भन्‍ने ठाउँमा आए, तब त्‍यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्‍ये एक जनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू खप्परे भनिने ठाउँमा आएपछि त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। ती अपराधीहरू पनि टाँगिए—एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ उहाँको देब्रेपट्टि।
Nepali ERV (पवित्र बाइबल)
येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे खप्‍पर भिबा गङरी धोखजी। थेरी थेनीगदेसे येशूदा क्रुसरी टाँगब लजी। ओच्‍छे थे य्‍हो न्‍हीदाएनोन गिकदा येशूला दाहिनेपट्टि, गिकदा देब्रेपट्टि लसी क्रुसरी टाँगब लजी।