Luke 23:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूसँगै झुण्‍ड्याइएका दुई अपराधीहरूमध्‍ये एउटाले येशूलाई खिसी गर्दै भन्‍यो, “के तँ नै मुक्ति दिने राजा ख्रीष्‍ट होइनस्? त्‍यसो भए तँ आफैंलाई बचा र हामीलाई पनि बचा!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
क्रूसमा टाँगिएका अपराधीहरूमध्‍ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्‍यो, “के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ झुण्डिएका अपराधीहरूमध्ये एउटाले उहाँको अपमान गर्दै भन्यो: “के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैँलाई र हामीलाई पनि बचाऊ!”
Nepali ERV (पवित्र बाइबल)
एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।”
Nepali Tamang 2011
येशूदेन छ्‌यामनोन क्रुसरी टाँगब लबा य्‍हो न्‍ही न्‍हङला गिकसे येशूदा खिसी लबान, “ए थार्बा पिन्‍बा ख्रीष्‍ट आहिन? लु, एसे ह्राङदा जोगब लउ, ओच्‍छे ङन्‍दाएनोन जोगब लउ” भिसी भिजी।