Luke 23:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले कराएर भने, “यसले गालीलबाट सुरु गरेर पूरै यहूदिया र यहाँ पनि आफ्नो शिक्षा दिएर मानिसहरूलाई भड्काउँदै छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले बड़ो जोड दिएर भने, “यसले सारा यहूदिया, र गालीलदेखि यस ठाउँसम्म शिक्षा दिएर मानिसहरूलाई भड्काउँदैछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले जिद्दी गरिरहे, “यसले आफ्नो शिक्षाद्वारा सारा यहूदिया प्रदेशका मानिसहरूलाई भड्काउँछ। यो गालील प्रदेशदेखि सुरु गरेर यहाँसम्म आइपुगेको छ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले घरि घरि भने, “तर यो मानिसले! यहूदीयाभरि मानिसहरूलाई उहाँको शिक्षाले उत्तेजित पारी रहेकोछ। उहाँले गालीलमा शुरू गर्नुभयो, अनि अहिले यहीं हुनुहुन्छ।”
Nepali Tamang 2011
थेनीगदेसे क्रिङ्बान, “चुसे यहूदिया अञ्चलदेन गालील अञ्चलहेन्से चुधोनाला म्हिगदेदा ह्राङला ताम लोप्सी न्होङ्ना लबा मुला” भिसी भिजी।